नियम ३९
मतपेटिका जाँच गर्ने
(१) नियम ३८ बमोजिम मतगणना प्रारम्भ भएकोे मुचुल्का गरी सकेपछि निर्वाचन अधिकृतले उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिको रोहवरमा मतपत्र रहेको मतपेटिकाको देहाय बमोजिम जाँच गर्नु पर्नेछ ः- (क) प्रत्येक मतदान केन्द्रको मतपेटिका खोलिएको वा फोरिएको छ, छैन, (ख) मतपेटिकामा मतदान केन्द्रको नाम, सङ्केत सङ्ख्या र मतपेटिकाको सङ्ख्या उल्लेख गरिएको छ, छैन, (ग) मतपेटिका बन्द गरेको ठाउँमा लगाएको सुरक्षण सिल दुरुस्त छ, छैन । (२) निर्वाचन अधिकृतले उपनियम (१) बमोजिम मतपेटिका जाँच गरेको मुचुल्का गराई राख्नु पर्नेछ । (३) उपनियम (१) बमोजिम मतपेटिका जाँच गर्दा कुनै कैफियत देखिएमा सोही व्यहोरा खुलाई मुचुल्का तयार गराई आफूले सहीछाप गरी उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिको सहीछाप गराई राख्नु पर्नेछ । यसरी मुचुल्का तयार भएपछि त्यस्ता मतपेटिका सुरक्षित स्थानमा राख्नु पर्नेछ ।